Kath khabar
गेमिङ सेवा थप्दै सामाजिक सञ्जाल लिंक्डइन


                    नयाँ दिल्ली, चैत १९ । लाखौं व्यक्तिले पछिल्लो समय रोजगारीका अवसरहरु खोज्नका लागि सामाजिक सञ्जाल लिंक्डइन (Linkedin) को प्रयोग गर्न थालेका छन् ।

माइक्रोसफ्टको स्वामित्वमा रहेको उक्त सामाजिक सञ्जालमा केही रमाइला सुविधा (फिचर)हरु थप्न तयारी भइरहेको उक्त समूहले जनाएको छ । जागिर खोजीमा रहेका व्यक्तिलाई अब गेमिङको सुविधा पनि थप्न लागिएको टेकक्रन्चले कम्पनीको स्रोतलाई उद्धृत गर्दै समाचार छापेको छ ।

वर्डल नामको गेमले पनि लाखौं व्यक्तिलाई जोड्नेजस्तो पजल–म्यानिया (मस्तिष्कलाई चुनौती दिने क्लासिक पजलहरूको सङ्ग्रहको एक किसिमको खेल ) ले लोकप्रियता हासिल गर्न थालेको छ । माइक्रोसफ्टले अगाडि सारेका तीन वटा खेल “क्वीन्स”, “इन्फरेन्सन” र “क्रसक्लिम्ब” हुन् ।

लिंक्डइनका एक जना प्रवक्ताले “हामीले गेमिङमा काम गरिरहेको छौं तर अझैसम्म कुन मितिमा प्रारम्भ गर्ने भनेर तयारी भई सकेको छैन” भन्नुभयो ।  उहाँले लिंक्डइनमा ‘पजल–आधारित’ खेलहरु रमाइलो गर्न र सम्बन्धलाई गहिरो बनाउनका लागि प्रयोगमा ल्याउन थालेका छौं भन्नुभयो ।

धेरै अन्य सामाजिक सञ्जालमा पहिले नै आफ्ना प्रयोगकर्ताहरूलाई मनोरञ्जनका लागि गेमहरू समावेश गरिसकेका छन् । लिंक्डइनमा अब यो गेमिङ फिचर कहिले थपिने हो हेर्न बाँकी छ, उहाँले जानकारी गराउनुभयो ।
 

 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update