Kath khabar
सुनसँग सम्बन्धित रोचक तथ्यहरू

                   

                   काठमाडौं, चैत ३० । सुन पृथ्वीमा पाइने सबैभन्दा पुरानो धातुहरू मध्ये एक हो । अन्य धातुहरुको तुलनामा सुनलाई बहुमूल्य धातुको रुपमा लिने गरिएको छ । मानिसहरू सुनका गहना लगाउन मन पराउँछन् । विवाह र चाडपर्व जस्ता विशेष दिनहरूमा उपहारको रूपमा दिन्छन् ।

विवाह, ब्रतबन्ध तथा मृत्यु संस्कार जस्ता साँस्कृतिक संस्कारमा पनि सुनको त्यतिकै महत्व रहेको छ । छुवाछुतबाट घर तथा मानिसलाई चोखो बनाउन सुन पानी छर्कने चलन अहिलेसम्म पनि विद्यमान छ । के तपाईलाई थाहा छ देश र विश्वमा सुनलाई धातु मात्र नभई आर्थिक समृद्धिको प्रतीक पनि मानिन्छ ।

अनुसन्धान, अध्ययन र रिपोर्टहरू अनुसार सुनको बारेमा यस्ता तथ्यहरू छन् -

  • सबैभन्दा ठूलो सुनको टुक्रा अष्ट्रेलियामा फेब्रुअरी ५, १८६९ मा फेला परेको थियो, जुन करिब ६९ केजी तौलको शुद्ध सुनको टुक्रा थियो र जमिनमुनि मात्र दुई इन्च फेला परेको थियो ।
  • तपाईं कुनै पनि आकारमा सुन मोड्न सकिन्छ ।
  • सुनको परमाणु संख्या ७९ हो ।
  • सुन पनि खान सकिन्छ ।
  • विश्वमा सबैभन्दा बढी सुनको खपत चीनपछि भारतमा हुन्छ  ।
  • विश्वमा सबैभन्दा बढी सुन उत्पादन गर्ने कम्पनीको नाम ब्यारिक गोल्ड हो ।
  • पृथ्वीमा मात्रै होइन, बुध, मंगल र शुक्रमा पनि सुन पाइने विभिन्न देशका वैज्ञानिकहरुको विश्वास छ ।
  • १,०६४ डिग्री सेन्टिग्रेडको तापक्रममा सुन पग्लन थाल्छ। जब सुनलाई २,८०८ डिग्रीमा तताइन्छ, त्यो उम्लन थाल्छ।
  • एशियाका केही ठाउँहरूमा मानिसहरूले आफ्नो खाना तथा कफी र चिया जस्ता पेयहरूमा सुन राख्छन्।
  • सुनको शुद्धता क्यारेटमा नापिन्छ। क्यारेट शब्द कारोब बीजबाट आएको हो, जुन मध्य पूर्वमा हल्का वस्तुहरू तौल गर्न प्रयोग गरिन्थ्यो।
  • सुन पत्ता लगाउने मेसिनलाई गोल्ड डिटेक्टर मेसिन भनिन्छ।
  • जमिनमुनि सुन वा कुनै धातु पत्ता लगाउन ग्राउन्ड पेनिट्रेटिङ राडार टेक्नोलोजी र धेरै कम फ्रिक्वेन्सी प्रविधि प्रयोग गरिन्छ।
  • सुन करिब ५ हजार वर्षअघि पत्ता लागेको थियो ।
  • मोहनजोदारो र हडप्पामा भेटिएका अवशेषहरूले त्यसबेला सुनको गहना बनाउन प्रयोग हुने गरेको देखाउँछ।
  • सुनको औषधिको रूपमा गरिएको वर्णन २३०० वर्षअघि लेखिएको चरक संहितामा पाइन्छ।
  • शुद्ध सुन यति नरम हुन्छ कि यसलाई हातले मोड्न सकिन्छ।
  • मंगल, बुध र शुक्र ग्रहमा सुन पाइने वैज्ञानिकहरुको विश्वास छ ।
  • सन् १९१२ सम्म ओलम्पिकमा दिइने “स्वर्ण पदक” शुद्ध सुनको थियो।
  • फ्रान्समा गरिएको एक चिकित्सा अध्ययनले वाथको उपचारमा सुन निकै प्रभावकारी रहेको प्रमाणित गरेको छ । यो अध्ययन १२औं शताब्दीमा गरिएको थियो।
  • विश्वको सबैभन्दा महँगो सुनको सिक्का अमेरिकी २० डलरको “डबल ईगल” सिक्का हो।
  • सुनदेखि डर लाग्ने रोगलाई ऑरोफोबिया (Aurophobia) भनिन्छ।
  • हालसम्म विश्वमा करिब १ लाख ८७ हजार टन सुन निकालिएको छ ।

(विभिन्न एजेन्सीहरुको सहयोगमा)

 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update