Kath khabar

बिस्केट जात्राको अवसरमा हरेक वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा आइतबार सम्पन्न भएको छ । यस पटक पनि २८ वर्षीय सुजन वाग श्रेष्ठले जिब्रो छेड्नुभएको हो ।

जिब्रो छेडेपछि महाद्वीप बोकेर सुजनले करिब एकघण्टासम्म बोडेको टोलटोल घुमेर बिभिन्न देवी देवताका मन्दिरको परिक्रमा गर्नुभयो । त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट ल्याइ पुर्याइयो । त्यसको केही क्षणपछि भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्वीपलाई मन्दिर बाहिर राखेर सुजनभित्र प्रवेश गरेपछि जिब्रोको सुईरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो । त्यसपछि जात्रा पनि सम्पन्न भयो ।

पुरा समाचार : https://www.kathkhabar.com/detail/21688

 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update