Kath khabar
गर्मीमा छालाको हेरचाहको लागि कफीको स्क्रब, कसरी बनाउने ?

 

                           काठमाडौं, वैशाख १४ । गर्मीमा छालाको हेरचाह गर्नु निकै जरुरी हुन्छ । गर्मीमा घाम र धुलोका कारण अनुहार निलो र कालो हुन्छ । हरेक दिन बाहिर हिड्ने मानिसहरूमा यस्ता परिवर्तनहरू देखा पर्छन् ।

यस्तो अवस्थामा कफीको स्क्रब एउटा राम्रो उपाय हो जसको प्रयोग गरेर तपाईले आफ्नो अनुहारको फोहोर सजिलै हटाउन सक्नुहुन्छ । यो स्क्रबले तपाईंको अनुहारको मृत छाला हटाउन मद्दत गर्दछ र अनुहार भित्रबाट चम्किलो बनाउँछ । गर्मीको लागि यो फेस स्क्रब कसरी बनाउने र कसरी प्रयोग गर्ने त ?

कफी पाउडर बाहिरी प्रदूषण र घामबाट क्षतिग्रस्त अनुहारको लागि धेरै चमत्कारी हुन्छ । यसलाई बनाउनको लागि पहिले बेसारलाई हल्का भुट्नुहोस् । यसपछि कफीमा भुटेको बेसार मिसाउनुहोस् । स्क्रब गर्न यसमा हल्का पानी हाल्नुहोस् र पेस्टलाई हल्का हातले अनुहारमा लगाउनुहोस् । ५ मिनेटसम्म बिस्तारै अनुहारमा रब गर्नुहोस् । यसपछि, पानीले आफ्नो अनुहार धुनुहोस् र आफूले प्रयोग गर्ने सीरम लगाउनुहोस् ।

कफी र मुल्तानी माटोको मिश्रणले पनि अनुहार स्क्रब गर्न सकिन्छ । एउटा कचौरामा एक चम्चा कफी पाउडर लिनुहोस् र त्यसमा मुलतानी माटो मिलाउनुहोस्। यसमा थोरै दही पनि थप्न सकिन्छ । सबैलाई राम्ररी मिलाउनुहोस् र यो पेस्टलाई ५/६ मिनेट अनुहारमा बिस्तारै रब गर्नुहोस् । यसपछि, सफा पानीले आफ्नो अनुहार धुनुहोस् ।

स्क्रबका लागि कफीमा एलोवेरा जेल पनि मिसाउन सक्नुहुन्छ । एलोवेरा जेल छालाको लागि धेरै राम्रो मानिन्छ र कफी पनि स्क्रबको लागि राम्रो चिज हो। यसले तपाईंको मृत कोशिकाहरूलाई हटाउँछ र रक्तसञ्चार बढाउँछ, जसले तपाईंको छालालाई चम्किलो बनाउँछ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update