Kath khabar
बजेट : कृषिमा लगानी दशक घोषणा


                  काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्षलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले संघीय संसद समक्ष आर्थिक बर्ष २०८१–०८२ को बजेट भाषण गर्दै कृषिमा लगानीको दशक घोषणा गरेका हुन् ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रूपमा घोषणा गरेका छन् । मन्त्री पुनले सरकारको निरन्तरको प्रयासबाट आर्थिक क्षेत्र चलायमान बन्दै गएको बताएका छन् । समाजवादउन्मुख समृद्ध राष्ट्रिय निर्माणको लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताउँदै सरकारले आर्थिक सुधारको लागि केन्द्रित गरेर आगामी वर्षको बजेट निर्माण गरेको बताएका हुन् ।

एकै पटक आठ कानुनको संशोधनले लगानीमैत्री वातावरण बनाउन र नीतिगत सुधार गर्न सहयोग पुग्ने अर्थमन्त्री पुनले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update