Kath Khabar
झोलुङ्गे पुलमा अलपत्र परेका ९ खच्चडको उद्धार, दुईको मृत्यु


                  अछाम, जेठ २७ । कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ९ वटा खच्चड सकुशल उद्धार गरिएको छ । दुर्भाग्यवश, उद्धार गर्ने क्रममा २ वटा खच्चडको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । ‘पछिल्लो अपडेटअनुसार हालसम्म ९ खच्चरको उद्धार भएको छ ।

अछामबाट दैलेख आउने क्रममा आज बिहान पुलको लट्ठा चुँडिदा फसेकामध्ये अझै २ वटाको उद्धार गर्नै बाँकी रहेको बताइएको छ । उद्धार सम्भव नभएपछि पुलबाटै तार काटेर कर्णालीमा खसाल्न थालिएको थियो । पुलबाट खसालिएका खच्चडलाई नदीमा डुङ्गाबाट उद्धार गरिएको थियो ।

आज बिहान करिब ९ः३० बजे अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको खिड्कीज्युला बजारस्थित आठबिस नगरपालिका–४ तर्फ दैनिक अत्यावश्यक सामग्री ओसारपसार गर्ने क्रममा १५ वटा खच्चड दुर्घटना भएको हो ।

 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update