Kath Khabar
डडेल्धुरामा मृत चितुवा फेला


                     डडेल्धुरा, साउन १८ । डडेल्धुरामा एउटा वयस्क चितुवा मृत फेला परेको छ । गत महिना मात्रै जिल्लाको गन्यापधुरामा एक चितुवा मृत अवस्थामा फेला परेको थियो ।

बिहीबार अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजकैको घाँसे जङ्गलमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन बन कार्यालय डडेल्धुराले जनाएको छ । चितुवा कसरी मर्‍यो भन्ने स्पष्ट जानकारी नभएको  र मृत चितुवा जिल्ला वन कार्यालय ल्याइएको कार्यालयले जनाएको छ ।

केहीदिन अगाडि जिल्लाकै गन्यापधुरा गाउँपालिका–१ स्थित जानकी सामुदायिक वनमा ३३ किलो तौल ५ फिट ५ इञ्च लामो भाले चितुवा मृत फेला परेको थियो ।
---

 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update