हितेन्द्रलाई ‘माग्ने बुढा’को व्यङ्ग्यात्मक प्रहार - 'त्यो सालो आएसी अन्धकार र कालो’

काठमाडौं, जेठ २ । निरन्तर बिजुली जान थालेपछि फेरि लोडसेडिङको सङ्केत भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणहरुले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको चर्को आलोचना गरिरहेका छन् । यसैक्रममा हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक प्रहार गर्दै लेखेका छन् –
‘सालो त सालो कसको सालो सालो। त्यो सालो आएसी अन्धकार र कालो।’
चर्को आलोचना खेपिरहेको शाक्यले भने आज पत्रकार सम्मेलन गर्दै मौसमका कारण समस्या आएको बताएका छन् । विगतका वर्षहरुमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै उनले वर्षा शुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आएपनि अन्य समयमा सामान्य हुने बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२ १५:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय