काठमाडौं, असार १९ । सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट पहिलो पटक हेलिकप्टर आयात गरिएको छ ।
हेलिकप्टर चीनबाट खरिद गरी सामान ट्रान्सपोर्ट गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर तातोपानी ल्याएको हो । माउन्टेन हेलिकप्टर प्रालिले ल्याएको उक्त एयरबस हेलिकप्टर तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको छ । हेलिकप्टरकाे भन्सार जाँचपास हुन बाँकी रहेको छ ।
चिनियाँ हेलिकप्टरको मूल्यअनुसार राजस्व लिने तयारी गरेको तातोपानी भन्सारका सूचना अधिकृतले जानकारी दिए । २९ करोड रुपियाँ मूल्य बराबरको उक्त हेलिकप्टर आयातबाट ४ करोड रुपियाँ भन्दा बढी राजश्व संकलन हुने बताइएको छ ।
उनका अनुसार बिहीबार प्राविधिक टोलीले हेलिकप्टरको अवस्था चेकजाँच गरेपछि तातोपानीबाट काठमाडौं उडाएर ल्याइनेछ ।