हायात होटल अनिश्चितकालका लागि बन्द
काठमाडौं, कात्तिक ९ । बौद्धस्थित पाँचतारे हायात रिजेन्सी होटल अनिश्चितकालका लागि सञ्चालन बन्द भएकाे छ । जेनजी आन्दोलनका क्रममा होटल परिसरमा भएको तोडफोड र आगजनीका घटनाले संरचना, उपकरण र सुरक्षासम्बन्धी संयन्त्रमा ठूलो क्षति पुगेको भन्दै होटलले सम्पूर्ण व्यवसायिक सेवा स्थगित गर्ने घोषणा गरेको हो ।
हायात रिजेन्सीका निर्देशक मोहम्मद युसुफ यामिनले एक सूचना प्रकाशित गर्दै आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने बताएका हुन् । सुरक्षा जोखिम र मर्मत तथा पुनर्निर्माणको आवश्यकता देखिएकाले होटलको सम्पूर्ण व्यवसायिक सेवा बन्द गरिएको होटलले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२ १६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

