बसपार्कमा पोको पारेर फालिएकाे अवस्थामा भेटिएकाे शवकाे हत्यामा संलग्न आरोपमा एक जना पक्राउ
काठमाडौं, मंसिर ७ । काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कमा प्लास्टिक र तन्नाले बेरेर फालिएको अवस्थामा भेटिएको महिलाको शव भेटिएकाे सम्बन्धमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
शनिबार मुख्य सडक किनारमा पोको पारेर राखिएको अवस्थामा तेस्राे लिङ्गीको शव फेला परेपछि प्रहरीले व्यापक खोजी थालेको थियो । प्रारम्भिक अनुसन्धान अनुसार उनकाे हत्या भएको पुष्टि भएको एक प्रहरी अधिकृतले बताएका छन् । शवका केही भाग सडेर गलिसकेको अवस्थामा फेला पारेको उक्त्त शवकाे सनाखत अझै हुन सकेकाे छैन ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिबारे थप विवरण गोप्य राखिएको छ र अहिले विस्तृत रूपमा सोधपुछ भइरहेको छ । घटनाकाे बारेमा प्रहरीको अनुसन्धान जारी छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२ १६:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

