Kath khabar
 सीजी मोटर्सद्वारा ल्याउन लागेको नयाँ विद्युतीय कार चीनबाट हिँड्यो नेपाल 

 

काठमाडौं, जेठ ४। चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले ‘नेटा भी’ नामक विद्युतीय कार नेपाल भित्र्याउने भएको छ भने नयाँ विद्युतीय कार नेपालतर्फ सिपमेन्ट भएको छ। चीनबाट नेपालतर्फ आएका ती कार अबको दुईसाताभित्र काठमाडौं आइपुग्ने छन्। सीजी मोटर्सले छोटो समयमा विद्युतीय कार उत्पादनबाट चर्चा बटुल्न सफल होजोन अटोले उत्पादन गरेको निटा भी कार नेपाल ल्याउन लागेको हो। सीजी मोटर्स होजोनको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएसँगै कम्पनीले एलसी खोलेर निटा भी विद्युतीय कार ल्याउन लागेको हो।

विद्युतीय कार ‘नेटा भी’ पहिलो पटक नेपाल भित्र्याउन लागिएको कम्पनीले जनाएको छ । चार हजार ७० एमएम लम्बाई, एक हजार ६९० एमएम चौडाइ र उचाई एक हजार ५४० एमएम रहेको यो कारको ह्वीलवेस दुई हजार ४२० एमएम रहेको छ । त्यस्तै, यसको ग्राउण्ड क्लियरेन्स १६० एमएम रहेको छ । 

भविष्यको सवारी ‘न्यु इनर्जी’ सवारी भएकाले चौधरी समूह विद्युतीय सवारी ब्रान्डसहित नेपाली अटोमोबाइल बजारमा प्रवेश गरेको हो।  टेस्लाको जस्तै डिजाइन भएको यो कार आकर्षक र बोल्ड देखिन्छ । यो कारमा की (लेस इन्ट्री सिस्टम, रियर भ्यु क्यामेरा, ‘टीपीएमएस’ ९टायर प्रेसर मनिटरिङ सिस्टम), ‘एबीएस’ (एन्टी लक ब्रेकिङ सिस्टम), हिल स्टार्ट असिस्ट, ड्राइभरर प्यासेन्जर एयरब्याग आदि जस्ता अत्याधुनिक सुरक्षाका फिचर उपलब्ध छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update