तीनकुने घटनाका दोषी कसैले उन्मुक्ति पाउँदैन : प्रधानमन्त्री ओली
सोमबार, चैत १८, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यबाजी गरेलगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ, पूर्वराजा शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गर्नुभएको छ,” ओलीले भन्नुभयो ।
माकलबारीमा गाडिएको शव फेला, छजना पक्राउ
सोमबार, चैत १८, २०८१
गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारामा बसोबास गर्दै आएका साह यही चैत ११ गतेदेखि हराइरहेको भनी प्राप्त सूचनाका आधारमा प्रहरी वृत्त बौद्धको टोलीले खोजी थालेको थियो ।
न्यून भिजिबिलिटीले कम्तीमा आधा दर्जन विमान डाइभर्ट
सोमबार, चैत १८, २०८१
बाक्लो तुँवालोका कारण न्यून भिजिबिलिटी हुँदा विभिन्न एयरलाइन्सका कम्तीमा आधा दर्जन विमान डाइभर्ट भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिनुभयो । जजिरा एयर, एयर इन्डिया र फ्लाइ दुवईका विमान डाइभर्ट भएको उहाँले बताउनुभयो ।
तीनकुने घटना प्रकरण : ४१ जना विरुद्ध पाँच दिन म्याद थप
सोमबार, चैत १८, २०८१
पक्राउ परेका ४१ जना विरुद्ध विभिन्न मुद्दामा जिल्ला अदालत काठमाडौँबाट आइतबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिनुभयो ।
