
गाजामा आक्रमण जारी, युद्धविराम अझै लागू नभएको इजरायली सेनाको दाबी
आइतबार, माघ ६, २०८१
“आइडीएफले अहिले पनि गाजा क्षेत्रभित्र आक्रमण जारी राखेको छ। प्रधानमन्त्रीको निर्देशनअनुसार हमासले आफ्नो प्रतिबद्धता पूरा नगरेसम्म युद्धविराम लागू हुने छैन,” इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले एक टेलिभिजन वक्तव्यमा भन्नुभएको छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
शुक्रबार, माघ ४, २०८१
खान सन् २०२३ को अगष्टदेखि जेलमा हुनुहुन्छ र उहाँमाथि करिब २०० वटा मुद्दा लगाइएका छन् । ती मुद्दा उहाँलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दावी खानले गर्नुभएको छ ।

गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने घोषणा
बिहीबार, माघ ३, २०८१
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले बुधबार एक पत्रकार सम्मेलनमा गाजा पट्टीका दुई लडाकूबीच सम्झौता भएको र उनीहरुबीचको युद्धविराम आइतबारदेखि लागू हुने बताएका छन् ।
साताको लोकप्रीय