Kath Khabar
न्यूनतम आधारभूत तलबको माग गर्दै दशौँ हजार बङ्लादेशी श्रमिक आन्दोलनमा
न्यूनतम आधारभूत तलबको माग गर्दै दशौँ हजार बङ्लादेशी श्रमिक आन्दोलनमा मासिक २३ हजार टाका अर्थात् झण्डै २ सय अमेरिकी डलर न्यूनतम आधारभूत तलबको माग गर्दै श्रमिकले विगत केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।
अहिलेसम्म ३१ जना पत्रकारको ज्यान गयो इजरायल हमास द्वन्द्वमा 
अहिलेसम्म ३१ जना पत्रकारको ज्यान गयो इजरायल हमास द्वन्द्वमा  इजरायल हमास युद्धमा ज्यान गुमाउनेमा प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाह समेत रहेका छन् ।
इजरायलद्वारा गाजामा दोस्रो चरणको युद्ध शुरु भएको घोषणा
इजरायलद्वारा गाजामा दोस्रो चरणको युद्ध शुरु भएको घोषणा राष्ट्रसङ्घीय महासभाको आपत्कालीन विशेष शत्रले अरब देशहरूका तर्फबाट प्रस्ताव गरिएको मानवीय सहायताका लागि गाजामा युद्ध विरामको प्रस्तावलाई बहुमतले पारित गरेको छ । १२० देशहरू त्यस प्रस्तावको पक्षमा रहे पनि पश्चिमा देशहरू त्यसक्रममा विभाजित देखिएका छन् ।
इजिप्टको राजमार्गमा कारबाट तेल चुहिएपछि सवारी साधन ठोक्किँदा ३५ जनाको मृत्यु
इजिप्टको राजमार्गमा कारबाट तेल चुहिएपछि सवारी साधन ठोक्किँदा ३५ जनाको मृत्यु बेहेरा नजिकै कायरो अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिँदा यात्रुवाहक बसले पार्किङ गरिएको गाडीमा ठोक्किँदा आगलागी भएपछि कम्तिमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 
समलिङ्गी विवाहलाई भारतको सर्वोच्च अदालतद्वारा मान्यता दिन अस्वीकार
समलिङ्गी विवाहलाई भारतको सर्वोच्च अदालतद्वारा मान्यता दिन अस्वीकार धेरै समलिङ्गी जोडीका वकिलहरूले यसै वर्षको शुरुमा अदालतलाई उनीहरूको सम्बन्धलाई पूर्णरूपमा वैधता प्रदान गर्न आग्रह गरेका थिए तर ५ सदस्यीय इजलासले वैवाहिक समानताको विस्तार संसदीय निर्णय भएको फैसला गरेको छ ।
गाजा अस्पतालमा हवाई आक्रमण हुँदा ५०० भन्दा बढीको मृत्यु, डब्लूएचओद्वारा निन्दा
गाजा अस्पतालमा हवाई आक्रमण हुँदा ५०० भन्दा बढीको मृत्यु, डब्लूएचओद्वारा निन्दा घाइते र शरणार्थीहरूले भरिएको अस्पतालमा आक्रमण भएको गाजाको स्वास्थ्य विभागले बताएको छ। अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायताको पर्खाइमा रहेको बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि इजरायल जाने
अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि इजरायल जाने प्यालेस्टिनको विद्रोही समूह हमासले गरेको आक्रमण पछि इजरायलले गरिरहेको जवाफी आक्रमण र अबको योजना बारेमा जानकारी लिन उहाँ इजरायल जान लाग्नुभएको हो । उहाँले गाजामा मानवीय सहायताको अवस्था बारेमा पनि जानकारी लिने कार्यक्रम छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ चीनको बेइजिङमा आजदेखि तेस्रो बीआरआई अन्तर्राष्ट्रिय सहकार्य मञ्च शुरु हुँदै
उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ चीनको बेइजिङमा आजदेखि तेस्रो बीआरआई अन्तर्राष्ट्रिय सहकार्य मञ्च शुरु हुँदै चीनको राजधानी बेइजिङमा आजदेखि तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) शुरु हुँदैछ । दुई दिने फोरममा विश्वभरका १४० भन्दा बढी देशहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
Weather Update