यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी जेलमा रहेकी नर्गिस मोहमदीलाई
शुक्रबार, असोज १९, २०८०
साहित्य तर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई
बिहीबार, असोज १८, २०८०
सन् १९५९ मा जन्मिएका युन फोसाले ४० भन्दा बढी नाटक, उपन्यास, निबन्ध र बाल पुस्तकहरू लेखेका छन् । उनले अनुवादको क्षेत्रमा पनि योगदान दिएका छन् ।
फ्रान्समा उडुस आतङ्क
बिहीबार, असोज १८, २०८०
पछिल्लो केही वर्षयता उडुस फ्रान्सको राष्ट्रिय समस्या नै बनिरहेको छ । चाहे घर होस् वा अस्पताल अनि सिनेमाघर होस् वा रेल, सबै ठाउँमा उडुसको आतंक छ ।
गुगलको भूकम्पबारे पूर्व सूचना दिने 'एन्ड्रोइड अलर्ट सिस्टम’ भारतबाट शुरु
शुक्रबार, असोज १२, २०८०
गुगलले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण र राष्ट्रिय भूकम्प मापन केन्द्रको सहकार्यमा यो चेतावनी दिने प्रणाली ल्याएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो प्रणालीले केही हप्तामा पूर्णरुपमा काम गर्न थाल्ने खबरमा उल्लेख छ ।

मस्जिद नजिकै विष्फोट हुँदा ७ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
शुक्रबार, असोज १२, २०८०
पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ । मास्तुङ जिल्लाका सहायक आयुक्तले आतङ्कवादीले उक्त विष्फोट गराएको बताएका छन् ।
आज सर्च इन्जिन गुगलको २५ औं जन्मदिन
बुधबार, असोज १०, २०८०
स्टान्डफर्ड युनिभर्सिटीमा पीएचडी अध्ययन गरिरहेका ल्यारी पेज र सर्गेई ब्रिनले आफ्नी अर्की साथी सुसन वजेस्कीको ठाउँ भाडामा लिएर आफ्नो सर्च इन्जिन परियोजना अगाडि बढाएका थिए । शुरुवातमा गुगलको लोगो कस्तो थियो, २५ वर्षपछि अहिले कस्तो छ, त्यही एनिमेसन भिडिओमा हेर्न सकिन्छ । गुगलका अनुसार आज गुगलमा जन्मदिनबारे केही जिज्ञासा राख्यो...
अजरबैजानको एक इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु, ३ सय भन्दा धेरै घाइते
मंगलबार, असोज ९, २०८०
३ सय जना मानिसलाई अस्पतालमा भर्ना गरिएकोमा कैयौँको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । नागोर्नो काराबाख क्षेत्रमा पर्याप्त अस्पताल नहुँदा उपचारमा समस्या भएको छ ।

चीनको कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु
सोमबार, असोज ८, २०८०
राजधानी बेइजिङबाट झण्डै ३ हजार ६ सय किलोमिटर दक्षिणपश्चिममा रहेको कोइला खानीमा आगलागी भएको हो ।

शनिबार देखि १९औँ एशियाली खेलकुद चीनको हाङ्चाओमा शुरु हुँदै
शुक्रबार, असोज ५, २०८०
विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एशिया ओलम्पिक काउन्सिलका अनुसार २०२२ मा स्थगित भएको १९औँ एसियाली खेलकुद २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्ममा सारिएको थियो।

स्वीट्जरल्याण्डमा महिलालाई बुर्का लगाउन प्रतिबन्ध
शुक्रबार, असोज ५, २०८०
नियम उल्लंघन गरे १,००० स्विस फ्रांक्ससम्म जरिवाना हुने ।
साताको लोकप्रीय