Kath khabar
‘मेरी सानी’ मा रोमान्टिक मुडमा देखिए आर्यन सिग्देल



           काठमाडौं, जेठ १९ । गायक रविन लिम्बुको सुमधुर स्वरमा सजिएको ‘मेरी सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतलाई  डि.पी खनाल र सदु खनालले सयुक्त रुपमा लेख्नुभएको हो । गीतमा शंकर थापा ‘स्माइल’ संगीत रहेको छ भने विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।

सहरमा भएको प्रेमी र गाउँमा भएकी प्रेमिकाबीचको मिठो सम्झना र कल्पनालाई प्रस्तुत गरिएको भिडियोमा नायक आर्यन सिग्देल र रुबिना थापा फिचर्ड रहनुभएको छ । सुरेश पाण्डेले कोरियाग्राफी गरेको भिडियोलाई हिमाल श्रेष्ठले छायांकन गर्नुभएको हो ।

अर्जुन जिसीले सम्पादन गरेको भिडियोलाई सौरभ लामाको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘डश म्युजिक’ को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो लिंक
https://youtu.be/95HAmLucXSg

 

 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update