Kath khabar
सुनको लौरो उपहारबारे अनुसन्धान हुँदै

          काठमाडौं, असार ५ । शनिबार एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले उपहार दिएको ‘सुनको लौरो’ बारे अनुसन्धान हुँदैछ ।

शनिबार तीन दिने नेपाल भ्रमणमा आएका युएईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका थिए । नेपालमा एक व्यक्तिले ५० ग्राम भन्दा बढी सुनका गरगहना भित्र्याउन नपाउने कानूनी व्यवस्था छ । तर सुनको लौरो ल्याएकोबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय भने अनभिज्ञ रहेको बताइएको छ।

श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए। राजकुमार मोक्तुमले बिर्तामोडमा रहेको बिएण्डसी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सिटी स्क्यान मेसीनको उद्घाटन गर्ने कार्यक्रम छ।

 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update