Kath khabar
नेपाल वायुसेवा निगम ६५ वर्षमा

         काठमाडौं, असार १७ ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ६५ वर्षे यात्रा सुरु गरेको छ ।  सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमता युक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३० - २०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । 

निगमले हाल अन्तराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटस्को दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ । 

निगमले २ थान वाइड बडी ए ३३० र २ थान न्यारोबडी ए ३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ । निगमले विगत वर्षमा औपचारिक समारोह आयोजना गरेर वार्षिकोत्सव मनाउँदै आएकामा यस पटक सामान्य कार्यक्रम मात्र गर्न लागेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । 

स्थापनाको ६४ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सा गुमाउँदै जाँदा चिन्ता बढेको छ । निगमको ऋण दायित्व करिब रु.४७ अर्ब पुगेको बताइन्छ । वाइडबडी विमान खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो । भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्स सँगको प्रतिस्पर्धा लगायत  कारणले खस्केको निगमको साख अहिले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार प्रवद्र्धनले उकासिएको बताइन्छ ।

त्यसैगरी थाइल्याण्डको थाइ एयरवेज नेपाली ध्वजावाहक नेपाल वायुसेना भन्दा ३ वर्ष कान्छा एयरवेज १९६१ मा स्थापित भएको हो । आजको दिनमा थाइ एयरवेजले ३७ वटा देशहरूमा १०१ भन्दा बढी गन्तव्यहरूमा उडान भर्छन् । एसिया प्यासिफिक क्यारियरहरु मध्ये युरोपमा सबैभन्दा धेरै सेवा दिने एयरलाइन्स हो भने थाइ एयरवेज लण्डनको हिथ्रो एअरपोर्टमा सेवा दिने पहिले एशिया प्रशान्त (एशिया प्यासिफिक एयरलाइन्स हो । सन् २०२१ सम्म थाइ एयरवेजमा १४,९०० ले रोजगारी पाइरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update