Kath khabar
किन ल्याउँदैछ कालिन्चोक गाउँपालिकाले 'एक घर एक बाँदर' कार्यक्रम ?

           

 

         दोलखा, असार २१ । दोलखा जिल्ला कालिन्चोक गाउँपालिकाले 'एक घर एक बाँदर' कार्यक्रम ल्याएको छ । जसअनुसार अब प्रत्येक घरधुरीले एउटा एउटा बाँदर पाल्नुपर्नेछ। गाउँमा बाँदरले अन्नबाली नष्ट गरेर हैरान भएपछि उक्त कार्यक्रम सुरु ल्याइएको हो । यसको लागि रु पाँच लाख बजेट पनि विनियोजन गरिएको छ।

यो कार्यक्रम आगामी मंसिरबाट सुरू गरिने गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले जानकारी दिनुभएको छ। बाँदर समाउने विज्ञ भारतबाट ल्याउने र हरेक परिवारलाई बाँदर वितरण गरिने उहाँले बताउनुभयो । साथै राम्रो हेरचाह दिएर बाँदर पाल्ने परिवारलाई पुरस्कारको पनि व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update