Kath khabar
अनुहारमा बरफ लगाउनुका फाइदा


             काठमाडौं, साउन ११ । सफा र चम्किलो छाला पाउन धेरैले महँगो उत्पादनहरू प्रयोग गर्छन् । तर के तपाईंलाई थाहा छ बरफले पनि छालाको लागि अचम्मको काम गर्दछ । स्किन आइसिङ एउटा यस्तो प्रविधि हो जुन जुनसुकै बेला प्रयोग गर्न सकिन्छ । यो तपाईँको घरमै आरामले उपलब्ध हुने सरल विधि हो । तपाईँले यसको लागि पैसा तिर्न पर्दैन ।

यसका लागि तपाईले अनुहारमा बरफ लगाउने सहि तरिका थाहा पाउनु पर्छ। आइस लगाउँदा सिधै हैन नरम कपडामा आइस क्युब बेरेर अनुहारमा बिस्तारै मसाज गर्नुपर्छ । छालामा सिधै आइस क्यूबहरू प्रयोग गर्नुहुँदैन । यसले छालाको मुनिको केशिकाहरूलाई हानि पुर्‍याउन सक्छ। अझ आइस क्युब बनाउदा दूध राख्नुस् र यो अनुहारमा लगाउनुहोस् । दूधमा ल्याक्टिक एसिड हुन्छ जसले छालाको मृत कोशिकाहरूलाई स्क्रब गर्छ र छालालाई प्राकृतिक चमक दिन्छ। यो प्रविधिले मुँहासे, पिम्पल, ब्ल्याकहेड्स कम गर्न र छालाको दागलाई रोक्न मद्दत गर्दछ। अनुहारमा आइस लगाउनाले समयभन्दा पहिले बुढ्यौली र चाउरीपना रोक्न मद्दत गर्दछ ।  

२/३ मिनेट अनुहारमा आइस क्यूब रगड्दा छिद्रहरू कम गर्न मद्दत गर्दछ। यसले अनुहार टाइट गर्न मद्दत गर्छ। यसका कारण छालाको बढेको छिद्रहरू कम हुनुका साथै चाउरी र फाइन लाइनहरू पनि कम देखिन्छन् । यसले छालामा रक्तसञ्चार सुधार्न मद्दत गर्छ साथै छालाको चिल्लोपन कम गर्छ । यसका साथै अनुहारको थकान हट्छ र छालाको टोनमा सुधार हुन्छ, जसका कारण अनुहारमा तुरुन्तै चमक आउँछ।

जब हामी कडा घाम वा प्रदूषणमा बढी समय बिताउँछौं, यसले छालामा जलन पैदा गर्छ र छाला रातो हुन्छ। आइस लगाउनु छालाको जलनको लागि राम्रो उपाय हो। आइस लगाउनाले छालाको रातोपन हट्छ । तर जाडो महिनामा भने छालाको सुख्खापन बढ्ने भएकोले यो प्रविधी धेरै पटक प्रयोग गर्नुहुँदैन

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update