Kath khabar
काठमाडौंको चन्द्रागिरिमा राँगोलाई गोली हानी मारियो
फाइल तस्विर

          

          काठमाडौं, साउन १३ । काठमाण्डौको चन्द्रागिरिमा एउटा राँगोलाई गोली हानेर मारिएको छ । काठमाण्डौको चन्द्रागिरि नगरपालिका-४ गोदामचौरमा उक्त राँगोले आतंक मच्चाएको भन्दै गोली हानिएको थियो ।

आज बिहान ३ः३० बजेतिर नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा झार्ने क्रममा भागेको थियो । राँगो भागेको ४ घण्टापछि गोली हानिएको थियो । राँगो त्रिभुवनपार्क गोदामचौर लगायतका स्थानमा दौडिएर एउटा बारीभित्र छिरेको थियो । थानकोट प्रहरीका अनुसार राँगोले मानविय क्षति भने नपुर्याएको तर क्षति हुन सक्ने भन्दै गोली हानिएको बताएको छ ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update