Kath khabar
इन्जिनमा खराबी देखिएपछि ६ मिनेटमा नै अवतरण गरियो यती एयरलाइन्सको जहाज


                 गण्डकी, साउन १३ । पोखराबाट काठमाडौंतर्फ उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै पोखरा विमानस्थलमा अवतरण गरिएको छ ।

यती एयरलाइन्सको ९-एनएएनजी कल्साइन जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको छ मिनेटमै पुनः पोखरा विमानस्थलमा अवतरण भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिनुभयो । बिहान ८ः४५ बजे उडेको जहाजमा ४५ जना यात्रु सवार थिए ।
 

 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update