Kath khabar
खोटाङको मात्तिमविर्ता केन्द्रविन्दु भएर गएको ६ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण संकलन हुँदै

              

               काठमाडौं, साउन १५ । खोटाङको मात्तिमविर्ता केन्द्रविन्दु भएर गएको ६ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण संकलन भइरहेको छ । हालसम्म जनधन तथा मानविय क्षति नभएको तर भोजपुरको टक्सारमा केही घरहरू भत्काएर क्षतिग्रस्त बनाएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले जानकारी दिनुभएको छ ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको उहाँले बताउनुभएको छ । आज बिहान ८ः१३ मा गएको ६ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महशुस गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update