Kath khabar
अमेरिकाकी चर्चित स्की पर्वतारोही हिलारी नेल्सनको शव मनास्लुमा भेटियो

              काठमाडौं, असोज १२ ।  अमेरिकाकी चर्चित स्की पर्वतारोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला परेकी छन्। गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन्। स्की गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन् । ४९ वर्षीया नेल्सन २ हजार फिट गहिरो खोंचमा परेकी थिइन्।

सांग्रिला नेपाल ट्रेक मार्फत् नेल्सनको मनास्लु आरोहणमा गएकी थिइन्। सांग्रिला नेपाल ट्रेकका प्रमुख जीवन घिमिरेले बुधबार बिहान नेल्सनको शव फेला परेको जानकारी दिए।

‘हामी शव निकालेर काठमाडौं ल्याउने तयारी गरिरहेका छौं,’ उनले भने। सोमबार नै मनास्लुमा आएको हिमपहिरोमा परी आरोहण सहयोगी अनुप राईको मृत्यु भएको थियो।

नेल्सन २ दशकदेखि स्की पर्वतारोहणमा संलग्न थिइन्। विभिन्न १६ मुलुकमा उनले ४० वटा आरोहण गरेकी थिइन्।

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update