Kath khabar
सम्बन्धमा सधैं एकअर्कालाई दोष लगाउनुको सट्टा भावना बुझ्ने प्रयास गर्नुहोस्

 

            काठमाडौं, असोज २५ । सुन्दर सम्बन्धलाई नष्ट गर्ने कारक मध्ये एक हो दोष लगाउनु । जब सम्बन्धमा नियमित गल्ती खोजी खोजी दोष लगाइन्छ, यसले सम्बन्धमा भएको हरेक सुन्दर चीजलाई नष्ट गर्न सक्छ।

बहस गर्नु वा दोष लगाउनुको सट्टा तपाईंले के भयो त्यसमा चासो देखाउनुभयो वा उनीहरूको अनुभव बुझ्ने प्रयास गर्नुभयो भने, तपाईंले आफ्नो पार्टनरको भावनालाई चोट पुर्याउनुहुनेछैन र गल्तीहरू सच्याउन पनि सक्षम हुनुहुनेछ।

कतिपय मानिसहरुको बानी हुन्छ कि उनीहरु आफ्नो गल्ती स्विकार गर्दैनन् र हरेक गल्तिको कारण अरुको हातमा राखिदिन्छन् । यो बानीले उनीहरुको सम्बन्धलाई पनि धेरै हानि पुर्याउन सक्छ । मनोवैज्ञानिकहरु भन्छन् कि अरूलाई सधैं दोष लगाउनु भनेको उनीहरूलाई आफू सही हो भन्ने महसुस गराउनु हो।

आरोप लगाउने अर्को व्यक्तिले आफू हरेक हिसाबले सही छ र उनीहरूले त्यसलाई कसरी प्रभाव पारेको छ भनी हेर्न चाहन्छन्। तर आरोप लगाउनेको व्यवहारले समस्या कम गर्दैन, बरु सम्बन्धमा पार्टनर डिफेन्सिभ मोडमा पुग्छ, उनिहरुको भावनामा चोट पुग्न सक्छ। यस्तो अवस्थामा यो महत्त्वपूर्ण छ कि सम्बन्धमा दोष लगाउनुको सट्टा, हामीले राम्रो व्यवहार गर्नुपर्छ र दोषारोपणबाट टाढा रहनुपर्छ । दोष लगाउनुको सट्टा यि कामहरु गर्नुहोस् -

अनुभव बुझ्नुहोस्
बहस गर्नु वा दोष लगाउनुको सट्टा, तपाईंले के भयो त्यसमा चासो देखाउनुभयो वा उनीहरूको अनुभव बुझ्ने प्रयास गर्नुभयो भने, तपाईंले आफ्नो पार्टनरको भावनालाई चोट पुर्याउनुहुनेछैन र गल्तीहरू सच्याउन पनि सक्षम हुनुहुनेछ।

एक अर्काको दृष्टिकोण बुझ्नुहोस्
पार्टनरको गल्ती खोज्नुको सट्टा एकअर्काको दृष्टिकोण बुझ्ने प्रयास गर्नुभयो भने राम्रो हुनेछ, तपाईलाई आफ्नो पार्टनरको सोच बुझ्न सजिलो हुनेछ।

सम्बन्धित विषयका प्रश्नहरू सोध्नुहोस्
यदि दोष लगाउनुको सट्टा तपाईंले उनीहरूलाई यो विषयमा प्रश्न गर्नुभयो भनेउनीहरूले जवाफ दिने मौका पाउनेछन् । प्रश्न सोध्दा मिठो बोली बोल्नुहोस् ।

आफ्नो भावना बताउनुहोस्
दोष लगाउनुको सट्टा, तपाईले कस्तो महसुस गरिरहनुभएको छ वर्णन गर्न सक्नुहुन्छ। यसो गर्नाले तपाईंहरू बीचको अण्डर स्ट्यान्डिङ बढ्छ र तपाईं दोष दिनबाट बच्नुहुनेछ। यसो गर्दा तपाईले पार्टनरलाई राम्रोसँग बुझ्न र गल्तीहरू समाधान गर्न सफल हुनुहुनेछ।

 

 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update