Kath khabar
अब विद्यार्थी भिसामा अष्ट्रेलिया जानेले निश्चित समय मात्र काम गर्न पाउने


        काठमाडौं, असोज २८। अष्ट्रेलियाले अध्ययन भिसामा आउने विद्यार्थीमाथि पुनः निश्चित समय मात्र काम गर्न पाउने नियम लागू गर्ने भएको छ। अब अष्ट्रेलियामा विद्यार्थीहरूले पूर्णकालीन काम गर्न नपाउने भएका छन् । आगामी जुलाईदेखि विद्यार्थी भिसामा जानेले दुई सातामा ४० घण्टाभन्दा बढि काम गर्न पाउनेछैनन्।

अष्ट्रेलियाको सरकारले यस वर्षको सुरुवातमा विशेष औद्योगिक क्षेत्रमा देखिएको कर्मचारी अभाव पूरा गर्न विदेशी विद्यार्थीहरुलाई चाहेजति काम गर्न दिने नियम ल्याएको थियो। गत महिना सरकारले उक्त नियम थप गर्ने निर्णय गरे पनि आगामी जुन ३० पछि भने पुनः विदेशी विद्यार्थीको लागि निश्चित समय मात्र काम गर्न दिइनेछ।

अष्ट्रेलियाको सरकारले विद्यार्थीहरुको पढाइ र कामको सन्तुलन मिलाउनका लागि भन्दै यो नियम पुनः लागू गरिने बताएको हो।

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update