Kath khabar
ललितपुरको मंगलबजारस्थित ३७९ बर्ष पुरानो कात्तिक नाचमा "बाथ: प्याखँ"

 

                ललितपुर, कात्तिक १६ ।  ललितपुरको दरवार स्क्वायरमा कात्तिक नाच शुरु भएको छ। मंगलबजारस्थित ४ नारायण मन्दिरको कात्तिक डबलीमा ३७९ बर्ष पुरानो कात्तिक नाच अन्तर्गत "बाथ:प्याखँ" प्रस्तुत गरिएको थियो।

कात्तिक १५ गतेदेखि सुरु भएको कात्तिक नाचको पहिलो दिन "सुदामा प्याखँ", दोस्रो दिन "भक्त सुरदास प्याखँ" र "बाथ: प्याखँ" प्रस्तुत गरिने परम्परा छ। ९ दिनसम्म सञ्चालन हुने यो नाच पाटनको प्रसिद्ध नाच मानिन्छ।

१६९७ मा गुरुद्वय हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सहयोगमा राजा सिद्धिनरसिंह मल्लले यो नाच सुरु गरेका अभिलेखहरुमा पाईंन्छ। हिजो मंगलबार "बाथ:प्याखँ" नाच प्रस्तुत गरिएको थियो। सती जाने परम्परालाई नाचमा देखाइएको थियो।kartik 11667373752.jpeg

परम्परागत तथा ऐतिहासिक ३७९ वर्ष पुरानो कात्तिक नाचको बाथःप्याखँ (तिखिकाँ, छ्योँ ध्वग्गी, सति वनेगु) अर्थात सति जाने परम्परालाई नाचमा देखाइन्छ । सो नाचको कथामा ३ जना बाठा दाजुभाई हुन्छन् । यी ३ मध्ये एक जनाले बाठो भएर अर्को गाउँमा गई एउटी केटी बिहे गरेर ल्याउँछ ।

बिहे गरेको केही समयपछि सो पुरुषको मुत्यु भई सति गएको कुरालाई नृत्यमा मञ्चन गरीन्छ। नाचमा मुख्य गरी ३ जना दाजुभाईको बठ्याइँलाई उल्लेख गरी परापूर्वकालमा महिलाले पतिको स्वर्गारोहण भएपछि सती जानुपर्ने कुरालाई नाचमा प्रस्तुत गरिन्छ । सो कथामा पात्रको आउने जाने क्रम रहँदा कूल १६ जना कलाकारको आवश्यकता रहने कात्तिक नाच संरक्षण समितिका अध्यक्षले बताउनु भयो।

“यस नाचको आफ्नै धार्मिकविधि रहेकाले यसलाई ‘कार्तीप्याखाँ’ अर्थात ‘कात्तिकनाच’ भन्ने गरिएको हो।” १७औं शताब्दीमा शुरु भएको कात्तिकनाच विष्णु पुराणमा आधारित भएर विष्णुको अवतार नृसिंह, राजा हिरण्यकश्यपु र विष्णु भक्तप्रल्हादको कथामा पनि आधारित छ ।kartik 31667373802.jpeg

यो नाच हेर्न स्वदेशी व्यक्तिका साथै विभिन्न मुलुकबाट आएका विदेशी पर्यटकले पनि डबली भरिने गर्दछ ।” पाटनमा हरेक बर्ष कात्तिक नाच हेर्न आउने मानिसको ठूलो भीड लाग्ने गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update