Kath khabar
नेपालको : कृषि कफी खेती (कफीका जातहरु)

                काठमाडौं, कात्तिक १७ ।  संसारका सबैभन्दा बढी मूल्यमा बिक्री हुने वस्तुहरूमध्ये एक मानिन्छ भने कतिपयले कफीलाई तेल पछिको मूल्यवान् वस्तु मान्दछन्। रोपिएको ३ देखि ४ वर्ष  भित्रमा कफी फल्न थाल्दछ भने एउटै बोटले लगभग ४० वर्षसम्म उब्जनी दिइरहन्छ। कफी एक वनस्पति तथा यसबाट बनाइने पेयपदार्थ हो। कफीको बोट दस मिटर सम्म अग्लो हुन सक्छ तर सामान्यतया छोटो पारिन्छ। कफीको उत्पति अफ्रिकाको इथियोपियामा भएको थियो र हाल यसको खेति दक्षिण अमेरिका, मध्य अमेरिका र दक्षिणपूर्व एसियामा हुन्छ। धेरै देशको अर्थतन्त्रमा यसको ठुलो भुमिका रहेको छ।

नेपालमा अहिले करिब ३ हजार कृषक प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कफी खेतीमा लागेका छन् । बिगतको उत्पादन रेकर्डअनुसार कुल १ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा करिब ४५० मेट्रिक टन ग्रीन बिन उत्पादन भएको छ । विश्व बजारमा नेपालबाट उत्पादित प्राङ्गारिक कफीको माग दिन प्रतिदिन बढी रहेको छ । कुल उत्पादनमध्ये ७० प्रतिशत कफी कोरिया, जापान, अमेरिका, जर्मनी निर्यात हुने गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको मागलाई हिसाब नै गर्ने हो भने वार्षिक १० हजार मेट्रिक टनभन्दा बढी छ तर उत्पादन नै कम भएको कारण उक्त मागको ५ प्रतिशत पनि निर्यात हुन सकेको अवस्था छैन । नेपाली कफी निर्यातबाट वार्षिक करिब साढे ७ करोड वैदेशिक मुद्रा आर्जन गरेको छ तर अन्य मुलुकबाट ९ करोड बराबरको विभिन्न ब्रान्डको धूलो कफी नेपाल आयात गरिन्छ । यसले के देखाउँछ भने अन्तर्राष्ट्रिय बजारमा मात्र नभई नेपाली बजारमा पनि नेपाली अर्गानीक कफीको माग बढिरहेको छ ।

कफीका जातहरु :

क्याटुआइ (Catuai) 

यो क्याटुरा र मुन्डोनोभोबाट विकसीत भएको हो।

  • मध्यम होचो र बढि झाँगिने गर्दछ।
  • बढि उत्पादन दिने (High yielding Varities)।
  • बिनको आकार राम्रो हुने (Good Sized Beans)।
  • कफी पिउँदा यसको स्वाद उच्च गुणस्तरको हुन्छ ।
  • ढिलो पाक्ने जात ।

क्याटिमोर (Catimor) : ccooffe1667463483.jpg

यो जात कातुरा र टिमोरको वर्णशड्ढर जात हो ।

  • बोट सानो सोली आकारको हुन्छ र फल ठूलो हुन्छ ।
  • छहारी एकदमै चाहिने ।
  • उत्पादन निकै बढी हुन्छ र चाँडै पाक्छ ।
  • साना दाना तथा बढि फल्ने जसले गर्दा टुप्पा मर्ने रोग लाग्ने सम्भावना बढि हुने।
  • सिन्दुरे रोग सहन सक्ने ।

पाकस (Pacas) :

  • ब्राजिलमा बोर्बोन जातको बोटमा प्राकृतिक परिवर्तन (Mutants) भई उत्पति भएको ।
  • बोट होचो, हाँगा मझौंला र पात ठूला एवं गाढा हरियो रंग हुन्छ ।
  • सहायक हाँगाले मूल हाँगासँग करीब ९० डिग्रीको कोण बनाउँछ ।
  • जरा बलियो र गहिरो जाने हुँदा सुख्खा, हुरी बतास, बढी प्रकाश एवं ताप सहन सक्छ ।
  • फल मझौला (Medium size) खाले हुन्छ 

पकामारा (Pacamara) : ccoofffe1667463539.jpg

  • मारागोगाइप र पकासबाट बिकसित (Artificial Hybrids) ।
  • बोटको उचाई मध्यम होचो (पकास जस्तै तर टिपिका भन्दा अग्लो) ।
  • अन्तर आँख्लाको दूरी कम ।
  • पात ठूला, बाक्ला एवं गाढा हरियो रंगको हुन्छ ।
  • बिन ठूलो हुने (Big and Oval Shaped) र चौडा भन्दा लामो हुने ।
  • ढिलो पाक्ने जात । 
  • बढी उचाई चाहिने (उच्च गुणस्तर र उत्पादनको लागि) ।

काटिसिक (Catisic) :

  • पाकस जस्तै सानो सुलुत्त परेको हुन्छ तर हाँगा केही ठूला हुन्छन्, फल ठूलो लाग्छ ।
  • जरा कम लाग्ने भएको हुँदा सुख्खा र रुखो जमिनमा राम्रो सप्रन सक्दैन ।
  • यो ६०० देखि १००० मिटरको उचाइमा लगाउँन उपयुक्त हुन्छ ।

टेकिसिक (Tekisik) : coffee1667463595.jpg

  • बोर्बोनबाट बिकसित ।
  • बोट मध्यम अग्लो, सोली आकारको हुन्छ ।
  • हाँगाहरु ठूला र अन्तर आँख्लाको दूरी छोटो हुन्छ ।
  • यसका सहायक हाँगाहरु धेरै निस्कन्छन् र बृद्धि पनि राम्रो हुन्छ ।
  • फल मध्यम साईजको, उत्पादन बढी र स्वाद उच्च गुणस्तरको हुन्छ ।

सेलेक्सन-१० (Selection-10) :

  • कातुरा र अन्य अराबिका जातहरुसँग २ पटकसम्म वर्णशड्ढर गरी भारतमा बिकास गरिएको ।
  • लाईबेरिका कफीको जात यसमा मिसिएको ।
  • मध्यम उचाई र हाँगा बाक्लो हुन्छ ।
  • फल ठूला हुनुका साथै उत्पादन क्षमता निकै बढी छ र गुणस्तर पनि राम्रो छ ।
  • सिन्दुरे रोग सहन सक्दैन ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update