Kath khabar
नेपालको : कृषि (धान खेती)

                 

                 काठमाडौं, कात्तिक २३ ।  धान विश्वको एक प्रमुख अन्न बाली हो । वैज्ञानिक नाम ओरिजा सेटिभा (Oryza sativa) ले परिचित यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ । धानको पहिलो बीज कहाँ उत्पत्ति भयो भन्ने विषयमा कसैले पनि ठ्याक्कै भन्न नसके पनि सम्भवत; १०,००० वर्षअघि (१०००-७५० इसापूर्व) मा एसियाको गर्मी क्षेत्रमा धानको खेतीको सुरुवात भएको अनुसन्धानकर्ताहरुको तर्क छ ।

धानको सबैभन्दा पुरानो नमूना डढेको अवस्था वा अङ्गारको स्वरूपमा पाइएको थियो । सो समयमा जंगली धान प्रचुर मात्रामा पाइएकोले भारतमा धेरै अघि नै यसको उत्पादन भएको हुनसक्ने प्रमाण दिएका छन्  । यसलाई घरेलुकरण गर्ने प्रक्रिया पहिला चीनमा भयो र त्यसपछि यो दक्षिण-पूर्वी एसियामा सऱ्यो । 

जंगली धान पहिला बङ्गलादेश, आसाम, उडिसा र यसका छेउछाउका इलाकामा उब्जाउ गरिएको विश्वास छ । पश्चिम र उत्तर अफ्रिका (इजिप्ट), पूर्व र मध्य अफ्रिकाका अधिकांश देशहरूमा पनि धान उब्जनी गरिन्थ्यो । त्यसपछि धानको खेती दक्षिण र मध्य अमेरिकी मुलुकहरू (ल्याटिन अमेरिका), अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका अनि स्पेन, इटाली र फ्रान्सजस्ता दक्षिणी युरोपेली मुलुकहरूमा विस्तार भयो ।

अहिलेसम्म धान नेपालको सबैभन्दा महत्वपूर्ण बाली हो। दुईतिहाइ भन्दा अधिक किसानको जीविका र आम्दानीको प्राथमिक स्रोत पनि हो । यो देशको संस्कृतिसँग गहिरो गरी जोडिएको छ । यसले कृषि कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ७ प्रतिशतभन्दा बढी योगदान गरिरहेको छ।

नेपालमा धान खेतीले महत्वपूर्ण स्थान ओगटेको छ । नेपालको मुख्य खाना चामलनै हो । तराई, पहाड, बेंसी एवं नदीनालाको किनारमा बस्ने सबै बासिन्दाहरू यसै बालीमा निर्भर रहन्छन् । धान प्रणालीले नेपालको कृषि क्षेत्रमा प्रधानता पाएको छ, जसले आर्थिक क्षेत्रमा नै प्रभाव पारेको ।

यी यावत कारणले गर्दा देशमा नै यो प्रमुख उद्योग भएको छ जुन देशको कुल गार्हस्थको करीब एक चौथाई योगदान हुन आउछ र यसले कुल खेतीयोग्य जमिनको १.४३० मिलियन हेक्टर अथवा ५४ % ओगटेको छ । नेपालका प्रमुख खाद्यान्न बालीहरु मध्ये क्षेत्रफल अनुसार धान पहिलो स्थानमा र मकै दोस्रो स्थानमा पर्दछ । उत्पादनको हिसाबले पनि धानले पहिलो, मकैले दोस्रो र गहुँ ले तेस्रो स्थान ओगटेका छन् । नेपालको सरदर उत्पादकत्व धानको २.९०७, मकैको २.२०५ तथा गहुँ १.९३४ टन प्रति हेक्टर रहेको छ । 

क्रमस :

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update