Kath khabar
जाडोमा छाला चम्किलो र नरम बनाउन राती सुत्नुअघि यि घरेलु उपाय अपनाउनुहोस्

 

             काठमाडौं, कात्तिक २७ । जाडोमा छालाको चमक कायम राख्न अधिकांश मानिसले छालाको विशेष हेरचाह गर्न विभिन्न उपायहरु अपनाउने गर्छन् । तर पनि जाडोमा धेरैको छाला सुख्खा र निर्जीव देखिन्छ ।

व्यस्तताका कारण धेरैले दिनभर छालाको हेरचाहको लागि समय पाउँदैनन् । साथै जाडोमा मोइस्चराइजरको कमीले छाला सुस्त र सुख्खा देखिन थाल्छ । यस्तो अवस्थामा राती सुत्नुअघि केही टिप्सको मद्दतले छालाको विशेष हेरचाह गर्न सकिन्छ -

  • जाडोमा फेस क्लिन्जिङका लागि मानिसहरु बजारमा आधारित केमिकल उत्पादनको प्रयोग गर्छन् । जसका कारण छालाका कोशिकाहरु बिग्रन सक्छन् । यस्तो अवस्थामा राती अनुहार सफा गर्न दूधको मद्दत लिन सक्नुहुन्छ । मोइस्चराइजिंग गुणले भरिपूर्ण दूधले जाडोमा छालाको कमलोपन कायम राखी छालालाई मुलायम बनाउन मद्दत गर्छ।
  • जाडोमा अनुहारमा मालिस गर्दा पनि छालाको रक्तसञ्चारमा सुधार हुन्छ । जसका कारण तपाईको छाला प्राकृतिक रुपमा चम्किलो हुन थाल्छ । यस्तो अवस्थामा तपाईले अनुहारको मसाजको लागि एलोवेरा जेल प्रयोग गर्न सक्नुहुन्छ। जाडोमा एलोभेरा जेलले छालालाई कन्डिसनिङ गरेर नरम बनाउन मद्दत गर्छ।
  • जाडो मौसममा मोइस्चराइजरको प्रयोगले छालालाई हाइड्रेटेड राख्न मद्दत गर्छ। यस्तो अवस्थामा छालाको सुख्खापनबाट छुटकारा पाउन राम्रो मोइस्चराइजरको मद्दत लिन सक्नुहुन्छ । मोइस्चराइजरको सट्टामा तपाईं नरिवल तेल पनि प्रयोग गर्न सक्नुहुन्छ।
  • जाडोमा छालालाई नरम बनाइराख्न घरमै बनाइएको प्राकृतिक मास्कको प्रयोग पनि राम्रो हुन्छ। यो बनाउनको लागि केरालाई पेष्ट बनाउनुहोस् । अब यसमा १ चम्चा मह, १ चम्चा दही र बदामको तेल मिसाएर अनुहारमा लगाउनुहोस् । त्यसपछि सुकेपछि मनतातो पानीले अनुहार धुनुहोस् । यसपछि अनुहारमा मोइस्चराइजर लगाउन नबिर्सनुहोस्।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update