Kathkhabar
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर दुवाकोटका एक व्यक्ति पक्राउ


              भक्तपुर, मंसिर २। २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रधानले २०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा र अन्तिम पटक गत कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरी फरार भएको उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं डिल्लीबजारबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update