Kath khabar
सोमबारदेखि बेपत्ता राउतको हत्या

 

                    सप्तरी, मंसिर १४ । सप्तरीमा बेपत्ता भएका सञ्जय राउतको हत्या भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका-१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको हो।

उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा फेला परेको छ। हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशकुमार सिंहले बताए।

उनी सोमबारदेखि बेपत्ता थिए। राउतको खोजी गरिदिन उनका परिवारले प्रहरीलाई अनुरोध गरेका थिए। मंगलबार पोखरीमा उनको शव फेला परेको थियो। ‘तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ’, उनले भने।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update