Kath khabar
अवैध लागूऔषध सहित पक्राउ तथा बरामद


           काठमाडौं, मंसिर १४। बालकुमारीस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार १ सय ७० ट्याब्लेट सहित धनुषा जनकपुरधाम उपमहानगरपालिका-१५ ठेगाना भएका ३० वर्षीय प्रदिप कुमार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–६ कत्ले खोलास्थित सडकमा डब्लुबी ५९ सी ६७३५ भारतीय नम्बरको ट्रकबाट अवैध लागूऔषध गाँजा ७९ किलो बुधबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरी र सशस्त्र प्रहरी बल आईआरटी पोष्ट कत्ले खोलाबाट खटिएको संयुक्त टोलीले उक्त ट्रकमा गाँजा लोड गर्दै गरेको अवस्थामा फेला पारी बरामद गरेको हो । हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update