Kath khabar
नवलपरासीको धान उत्पादनमा ४५ प्रतिशतले वृद्धि


                     नवलपरासी, मंसिर १९।   नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ४५  प्रतिशतले धान उत्पादन बढेको छ ।

कृषि ज्ञान केन्द्र परासीका अनुसार गत वर्षको तुलनामा यसवर्ष करिब २८ हजार ९ सय ७३ मेट्रिक टन धानको उत्पादन बढेको हो । यस वर्ष २० हजार ५ सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार २ सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतापपुर र सुस्ता गाउँपालिका उखु, केरा र बदामका लागि परिचित मानिन्छ भने यहाँ हाइब्रिड, साँवा, सुगन्धित लगायत जातका धान लगाउने गरिन्छ । धान उत्पादन बढाउन आधुनिक उपकरणमा अनुदान दिने, गुणस्तरीय बीउ वितरण गर्ने गरेकाले धान उत्पादन बढेको केन्द्रले उल्लेख गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update