Kath khabar
बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ



               काठमाडौं, मंसिर २० । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । वादी नेपाल सरकार, प्रतिवादी सिन्धुपाल्चोकको साविक ठुलोसिरुबारी गाविस वडा नं ३ हाल परिवर्तित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ स्थायी घर भएका ४४ बर्षिय चानष बहादुर गिरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

उक्त कार्यालयका अनुसार पाँच लाख ५० हजार रुपैंयाँ बिगो रहेको बैंकिङ कसुर सम्वन्धी मुद्धामा उच्च अदालत पाटन ललितपुरबाट २०७९ साउन २४ गते पक्राउ अनुमती जारी भई फरार रहेकोमा कार्यालयबाट खटिएको प्रहरीले टोलीले आईतबार साँझ सुकेधारा क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका गिरीलाई आवस्यक कारवाहीको लागि सोमबार महानगरीय प्रहरी वृत बौद्ध पठाईएको छ ।   

 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update