Kath khabar
लोकन्थलीबाट सुनका गरगहना चोरी गर्ने व्यक्ति पक्राउ


                भक्तपुर, मंसिर २१। मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट सुनका विभिन्न गरगहना चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा धादिङ धुनिबेशी नगरपालिका-९ घर भई हाल काठमाडौं न्यूरोड बस्ने २७ वर्षीय सिजल तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थान डेरा गरी बस्ने दोलखा भिमेश्वर नगरपालिका-९ घर भएका ४१ वर्षीय हरिबाबु कार्कीको कोठाबाट करिब ३ लाख ५९ हजार बराबरको सुनका विभिन्न गरगहना चोरी गर्दै गरेको अवस्थामा सिजललाई फलामको रड १ थान सहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update