Kath khabar
धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या


                    सुर्खेत, मंसिर २१ । आफ्नै श्रीमती ३० वर्षीया मिना आले मगरलाई धारिलो हतियार हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा पञ्चपुरी नगरपालिका-३ तोक्मा बस्ने ३८ वर्षीय अम्मर बहादुर आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी वादविवादमा अम्मर बहादुरले हँसिया प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सालकोटबाट खटिएको हो। उनले श्रीमतीको हत्यापछि टाउको काटेर झोलामा राखी प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न भनेर हिँडेको प्रहरीले जनाएको छ। आले श्रीमतीको टाउको बोकेर प्रहरी चौकीतिर हिँड्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update