Kath khabar
तारा एयरको जहाजमा चिल ठोक्कियो

 

              हुम्ला, मंसिर २१ । नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको तारा एयरको जहाज चिलसँग ठोक्किएको छ।

बुधबार दिउँसो सिमकोट विमानस्थलमा अवतरण गर्न करिब ५ मिनेट बाँकी रहँदा जहाज चिलसँग ठोक्किएको हो । नेपालगञ्जबाट उक्त कार्गो जहाज १२ः४५ मा उडेको थियो ।

विमानस्थल पुग्नै लाग्दा ५ मिनेट अगाडि जहाजसँग चिल ठोक्किएको हो । चिल ठोक्किँदा जहाजको अगाडिको भागमा प्वाल परेको छ । जहाजमा दुई पाइलट र एक जना एयर होस्टेज रहेकामा सबै सुरक्षित छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update