Kath khabar
नेप्सेमा उच्च गिरावट, सबै सूचक घटेर रातै



                काठमाडौं, मंसिर २५ । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । साताको पहिलो दिन आज आइतबार नेप्से ३१ दशमलव ९७ अंकले घटेर १८ सय ८५ दशमलव ३१ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २८ अंकले घटेर तीन सय ६७ दशमलव ३६ अंकमा सीमित भएको छ। आज नेप्सेमा दुई सय ५३ वटा कम्पनीहरूको २४ हजार छ सय ४४ पटकको कारोबारमा ३५ लाख १२ हजार आठ सय ३४ कित्ता शेयर खरिद बिक्री भएको छन् । सो अनुसार आज कुल कारोबार रकम एक अर्ब १० करोड ३४ लाख चार हजार ४५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई ब्यालेन्स फण्ड, समिट लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने नाडेप लघुवित्त वित्तीय संस्था, पाँचथर पावर कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, नबिल बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।


 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update