Kath khabar
नेप्सेमा ५१ अंकको उच्चवृद्धि, दुई अर्ब भन्दा बढीको शेयर किनबेच


                काठमाडौं, जेठ ९ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ५१ दशमलव ३१ अंकले बढेर १९ सय ४२ दशमलव ४३ पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ८५ अंकले बढेर तीन सय ६७ दशमलव ७४ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज  दुई सय ७१ वटा कम्पनीहरुको ३८ हजार सात सय ९६ पटकको कारोबारमा ६० लाख ६७ हजार चार सय ३२ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब २० करोड २३ हजार नौ सय ४५ रुपैयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका १३ वटै समुहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज कालिका लघुवित्त वित्तीय संस्था, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने सनराइज फोर्ट म्युचुअल फण्ड, सुपरमादी हाइड्रोपावर कम्पनी, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update