Kath khabar
नासाको स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरि पृथ्वीमा फिर्ता


                                 काठमाडौं, मंसिर २८ ।  नासाको ओराइअन स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किएको छ । अन्तरिक्षयात्री बोक्न निर्माण गरिएको यान प्रक्षेपण गरिएको २६ दिनपछि प्रशान्त महासागरमा अवतरण गरेको छ । 

नासाले ओराइअन स्पेस क्याप्सुल प्रयोग गरेर सन् २०२६ सम्ममा चन्द्रमामा फेरि मानव पठाउने योजना बनाएको छ । योजना अनुसार पहिलो काम पूरा भएको नासाले जनाएको छ । नासाले यस पटक मानवविना नै यान अन्तरिक्षमा पठाएको हो । 

चन्द्रमामा फेरि मानव पठाउन नासाको अभियानलाई आर्टमिस नामकरण गरिएको छ । ग्रिक किंवदन्ती अनुसार आर्टमिस अपोलोकी बहिनी हुन् । उनलाई चन्द्रमाकी देवी मानिन्छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update