Kath khabar
जाडो महिनामा बदाम खानुका फाइदाहरु

 

            काठमाडौं, पुस ३ । जाडो मौसममा तपाईले बजारको हरेक कुनामा बदामको थुप्रो देख्नु भएको होला । बदाम स्वादका साथै स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । बदाममा प्रोटिन, फाइबर र अन्य भिटामिन राम्रो मात्रामा पाइन्छ, जसले गर्दा शरीरलाई धेरै रोगबाट बचाउँछ। जाडोमा बदाम खाँदा शरीरलाई उर्जा पनि मिल्छ । यसलाई स्न्याक्सका रुपमा पनि खान सकिन्छ ।

जाडोमा बदाम खाँदा रुघाखोकी र फ्लूबाट आराम मिल्छ । यसले शरीरलाई भित्रबाट तातो राख्छ । जाडोमा यसको दैनिक सेवनले फोक्सोलाई बलियो बनाउँछ । चिसो मौसममा रुघाखोकीबाट बच्न चाहनुहुन्छ भने नियमित रूपमा ५० ग्राम बदाम खानुहोस् ।

बदाममा मोनोअनस्याचुरेटेड फ्याटी एसिड हुन्छ। यसले शरीरमा खराब कोलेस्ट्रोलको स्तर घटाउँछ र राम्रो कोलेस्ट्रोललाई बढावा दिन्छ। जाडोमा नियमित रुपमा बदाम खाँदा मुटु रोगबाट बच्न सकिन्छ ।  बदामको सेवनले तौल नियन्त्रणमा राख्छ। यसमा फाइबर र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । यो खाँदा भोक कम हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ।

यदि तपाईलाई उच्च रक्तचापको समस्या छ भने अवश्य बदाम खानुहोस्। बदाममा म्याङ्गनीज, क्याल्सियम, कार्बोहाइड्रेट प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । मधुमेहका बिरामीले पनि बदाम खान सक्छन् । यो तपाईंको लागि लाभदायक हुन सक्छ।

यस्तै बदाममा छालालाई मुलायम राख्ने तत्वहरू हुन्छन्। यसमा पाइने फ्याटी एसिडले छालाको रोगबाट बचाउन मद्दत गर्छ । यससँगै यसमा फाइबर पनि हुन्छ, जसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। जसबाट तपाई स्वस्थ छाला पाउन सक्नुहुन्छ ।

 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update