Kath khabar
हलगोरु पालेमा प्रोत्साहन स्वरुप १० हजार अनुदान पाइने

 

                                       तनहुँ, पुस ३ ।  तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ। कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याइएको हो।   

हाल गाउँपालिका भित्र हलगोरु पाल्ने किसानको तथ्यांक संकलन भैरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए। गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर लगायत सामग्री समेत प्रदान गर्दै आएको ।

गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको हो। औजार खरिद गर्न नसक्ने किसानलाई हलगोरु पाल्न अनुदान दिन लागेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए।

गाउँपालिकाले असहाय रोगीलाई पनि पन्ध्र हजार रुपैयाँ आर्थिक सहायता प्रदान गर्दै आएको श्रेष्ठले जानकारी दिएका छन्।
 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update