उधम
                                                
                    
                
                            
                                ३० करोड लगानीमा जर्मन प्रविधिबाट नेपालमै चाइनिज इँटा उत्पादन हुँदै
                        
                        
                                                
                                                    
                                पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल इको प्यानल समूहका लगानीकर्ताहरूको समूहले उद्योग सञ्चालन थालेको  हो
                            
                                            
                                                                    
पोखरा, पुस ७ । जर्मन प्रविधिबाट अब नेपालमै इँटा उत्पादन सुरु हुने भएको छ । २ महिना पछि त्यस्तो प्रविधि मार्फत इँटा उत्पादन सुरु हुने जनाइएको छ। यसको लागि पोखराको पोल्याङमा १०० रोपनी क्षेत्रफलमा कारखाना निर्माण र करिब ३० करोड लगानीमा उद्योग खुलेको हो।
पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल इको प्यानल समूहका लगानीकर्ताहरूको समूहले उद्योग सञ्चालन थालेको हो।
लगानीकर्ता मध्येका एक ईन्जिनियर कृष्णभक्त दुवालले त्यसका लागि आफूहरूले अन्तिम तयारी गरिरहेको जनाए। माघ महिनाबाट हाम्रा इँटाहरु बजारमा आउन थाल्ने छन्, उनले भने।
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १४:२८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
