Kath khabar
खाद्यान्नमा दाङ आत्मनिर्भर

 

                       दाङ,  माघ २ ।  दाङ खाद्यान्नमा आत्मनिर्भर बनेको छ । जिल्लामा उत्पादन हुने खाद्यान्नले यहाँका जिल्लावासीलाई पुगेर बचत समेत हुने गरेको तथ्याङकले देखाएको छ ।

कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्का अनुसार जिल्लामा कूल ७५ हजार ९ सय ९१ हेक्टरमा खेती गर्ने गरिएको छ । यसमा २ लाख ९४ हजार ७४ मेट्रिक टन उत्पादन हुने गरेको केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार जिल्लामा रहेको जनसङ्ख्या र यहाँ उत्पादन भएको खाद्यान्नको परिणाम हेर्दा पुग्ने गर्दछ । तर सबै खाद्यान्न मानिसले उपयोग नगर्दा समस्या हुने गरेको छ । मकैको उत्पादन राम्रो भए पनि मानिसले कम उपयोग गर्ने गरेका छन् ।

धेरैले धानको उपयोग धेरै गर्ने गरेका छन् । जिल्लामा उत्पादन भएको धान पहाडी जिल्लामा जाने तथा जिल्लामा बहिरी जिल्लाबाट समेत आउने गरेको छ । जिल्लामा उत्पादन भएको मोटो धान बाहिर जाने र जिल्लामा मसिनो चामल आउने गरेको पाइएको छ ।

प्रतिव्यक्ति प्रशोधित खाद्यान्न वार्षिक २ सय १ केजी आवश्यक पर्ने अर्थविज्ञ लामिछाने बताउनुहुन्छ् । जिल्लामा धान, गहुँ, मकै, जौ, कोदो, फाफर उत्पादन हुने गरेको छ ।

केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष २०७८/८९ मा ३३ हजार ५ सय ४० मेट्रिक टन खाद्यान्न बचत भएको थियो । जिल्लामा कूल आवश्यक पर्ने प्रशोधित खाद्यान्न एक लाख ३५ हजार नौ सय ३२ मेट्रिक टन रहेको कृषि अर्थविज्ञ लामिछानेको भनाइ रहेको छ ।

खानका लागि प्रयोग हुने उपलब्धता खाद्यान्न १ लाख ६९ हजार ४ सय ७२ मेट्रिक टन रहेको उनले बताए । २०७८ सालको जनसङ्ख्याको प्रारम्भिक नतिजा अनुसार ६ लाख ७६ हजार २ सय ७७ रहेको थियो । जिल्लाको जनसङ्ख्या वृद्धिदर १.९४ प्रतिशत रहेको छ ।

जिल्लामा धान खेती ३९ हजार ४ सय हेक्टरमा खेती हुने गरेको छ । यसमा १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन उत्पादन हुने गरेको छ ।

बीउका लागि १ हजार ९ सय ७० मेट्रिक टन, खानयोग्य ७८ हजार ७ सय २३.२२ मेट्रिक टन, अखाद्य प्रयोग ३ हजार ९ सय ३६.१६ मेट्रिक टन, दानामा प्रयोग ३ सय ९३.६ मेट्रिक टन हुने गरेको छ भने प्रशोधित, नोक्सानी भएर बाँकी ७४ हजार ३ सय ९३.४ मेट्रिक टन रहने गरेको छ । आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा वर्षातका कारण २७ हजार मेट्रिक टन धानमा क्षत्ति पुगेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update