Kath khabar
आइएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक


                             काठमाडौं, माघ ३ । आइएमई पेले मोबाईल रिचार्जमा ५ प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पौष ३० गतेबाट पुनः सुरु गरिएको छ । यस अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप दर्ता गरेको मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने जानकारी सार्वजनिक गरिएको छ । 

हाल सम्म ४० लाख भन्दा बढी प्रयोगकर्ताहरुलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आईरहेको आइएमई पे ले सो अफर आफ्नो सम्पूर्ण ग्राहक वर्गलाई समर्पित गरेको छ । कम्पनीले यस अफरको नियम तथा शर्त स्वरुप हरेक प्रयोगकर्ताहरुले एक महिनाको समय अन्तरालमा आफ्नो मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम एक सय रुपैंयाँसम्म क्यासब्याक र अरु मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम एक सय रुपैंयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने जानकारी पनि दिएको छ । 

‘आइएमई पे’ को बारेमा : 
‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली - २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउदै आईरहेको  र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन्  । यसले व्यक्ति-व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाईन तथा स्थलगत स्टोरहरूमा क्युआर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।  यस सेवा अन्तर्गत वालेटमा ब्याज र क्यास ब्याक सुविधा सहित विभिन्न प्रकारका बील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने विश्वसनीय वित्तिय सेवा समेत समावेश गरिएको छ । १५ लाखभन्दा बढी ग्राहकहरूलाई प्रत्यक्ष रुपमा ‘आइएमई पे’ सेवामा आबद्ध गरी आफ्नै मोबाइल तथा आईएमईका व्यावसायिक साझेदार सञ्जाल मार्फत लाखौँ सेवाग्राहीहरूलाई बिद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update