Kath khabar
१ वर्षमै माइपे वालेटको ५ लाख प्लस डाउनलोड पुगेको अवसरमा माइपेले १०० रुपैंयाँसम्म क्यास व्याक दिने

 
                         काठमाडौ, माघ ४ ।  स्थापनाको पहिलो वर्षमै माइपे डिजिटल वालेटले प्लेस्टोरमा ५ लाखभन्दा बढी डाउनलोड पुर्‍याउन सफल भएको छ । सोहि अवसरमा माइपे वालेटले यही माघ ३ र ४ गते बेलुका ४ बजेदेखि राती १२ बजेसम्म ५ प्रतिशत बढीमा १०० रुपैंयाँसम्म क्यासब्याक अफर दिने बताएको छ ।

स्थापना भई कार्य संचालन गरेको पहिलो वर्षमै माइपे डिजिटल वालेटले यो सफलता हात पारेको हो । माइपेमा प्लेस्टोर, एप स्टोर र वेव साइट समेत गरी हालसम्म ८ लाखभन्दा बढी ग्राहक संख्या पुगिसकेका छन् । यो सफलताले निकै उत्साहित भएको माइपे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले बताए । ‘युवा ग्राहक महानुभावहरुको पहिलो रोजाइको वालेट भएकाले नै यो सफलता हाता पारेका हौं,’उनले भने । 

डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा संचालनमा ल्याएको यस वालेट मार्फत ग्राहक महानुभावहरुले हवाई टिकट बुकिङ, मोबाइल टप अप सँगै विभिन्न घरायसी बिल भुक्तानी गर्न सकिने सुविधाहरु दिँदै आएको छ । जसमा हरेक कारोबारमा आकर्षक क्यासब्याक तथा अन्य सुविधाहरु रहेका छन् । साथै यस वालेटबाट कुनै पनि कारोबार गर्दा माइपे क्वाइन प्राप्त गर्न सकिन्छ जसको मूल्य एक क्वाइन बराबर एक रुपैंयाँ नै हुन्छ । उक्त क्वाइन हरेक कारोबारमा प्रयोग गर्न सकिन्छ । यसका साथै कुनै पनि बैंक खातामा मात्र एक रुपैयाँमा रकम पठाउन सकिने सुविधा पनि रहेको छ ।

ग्राहक महानुभावहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्य विभिन्न सेवाहरु थप गर्दै लगिने कम्पनीले जनाएको छ । माइपे हालै मात्र फोनपे नेटवर्कमा जोडिएको थियो । 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update