Kath khabar
जाडोमा हातलाई सुख्खापनबाट कसरी जोगाउने ?

 

                   काठमाडौं, माघ ८ । जाडोमा छाला फुट्नु सामान्य कुरा हो । जाडोमा चिसोले छालाको सुक्खापन बढाउँछ ।

चिसो वातावरण र सुक्खा हावाले गर्दा छालाको नरमपना हराउँछ। यस अवस्थामा छालाको तुरुन्तै हेरविचार नगरे फुट्ने, एलर्जी हुने, रगत निस्किने जस्ता समस्या उत्पन्न हुन्छन् । यसको ख्याल गर्नु जरुरी छ । हामीले केही सजिलो घरेलु उपाय अपनाएर छालाको सुख्खापन हटाउन सक्छौं।

मनतातो पानी
जाडोमा हात धुँन चिसो पानी प्रयोग गर्दा हात फुट्छ त्यसैले यस्तो अवस्थामा मनतातो पानीले हात धुनुपर्छ । नुहाउन, भाँडाकुँडा र लुगा धुन पनि तातो पानी प्रयोग गर्नुपर्छ। मनतातो पानीमा जैतुनको तेल हाल्नु पनि छालाको लागि फाइदाजनक हुन्छ ।

मह र घ्युकुमारी
एलोभेरा र मह दुबै उत्कृष्ट मोइस्चराइजर हुन् । यी दुईलाई मिसाएर हातमा लगाउनाले छालाको सुख्खापनबाट छुटकारा मिल्छ । मसाज गर्दा सुख्खापन हट्छ र हातहरू नरम हुन्छन् ।

स्क्रब गर्नुहोस्
जाडोमा स्क्रबिङ गरेर फुटेको र मृत छाला हटाउन जरुरी हुन्छ । घरमा पाइने कागती, मह र चिनी मिसाएर स्क्रब बनाउनुहोस् र हातमा स्क्रब गर्नुहोस् । यसले मृत छाला हटाउँछ। धोएपछि मोइस्चराइजर लगाउनुहोस्।

नरिवलको तेल
नरिवलको तेलले छालालाई मोइस्चराइज गर्ने काम गर्छ । यदि तपाई आफ्नो हातलाई सुख्खापनबाट जोगाउन चाहनुहुन्छ भने नरिवलको तेलले मालिस गर्नु निकै फाइदाजनक हुन्छ।

 

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update