Kathkhabar
मणिवाला सर्प हो भन्दै ठगी, एकजना पक्राउ दुईजना फरार


                 दाङ, माघ १० । मणिवाला सर्प हो भन्दै करिब १ तोला सुनको गरगहना र नगद ठगी गरेको अभियोगमा सर्प बेच्दै हिँड्ने सुनसरी रामधुनी नगरपालिका-३ बस्ने ३५ वर्षीय मोहमद सलमानलाई दाङ लमही नगरपालिका-९ जलकुम्भीबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बाँके राप्ती सोनारी गाउँपालिकाकी एक महिलालाई सलमानले मणिवाला सर्प हो भनी लोभलालच देखाई उक्त धनमाल ठगी गरेको खुल्न आएपछि पीडितका आफन्तको सहयोगमा ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले प्रदेश १–०२–०४६ प ४८९९ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार सलमानसँग आएका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको  छ ।  

 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update